Connect With Us
बागमती

त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि उद्धार गरिएका कबीर सैनिक अस्पतालको आईसीयूमा

0 min read 43

रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका कबीर महर्जनलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।

घटनास्थलमा प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका कबीरले सुरुमा आफन्तलाई चिन्न सकेका थिएनन्। होसमा आएपछि उनले ‘म कहाँ छु, मलाई के भएको हो?’ भन्दै सोधेको उनकी श्रीमती हीराशोभाले बताएकी छन्।

१० दिनसम्म कबीरको पर्खाइमा रहेको परिवारले जीवितै उद्धारको खबर पाएपछि खुसीका आँसु झारेको जनाएको छ। परिवारले उद्धारमा खटिएका नेपाली सेना, चिकित्सक टोली र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

बागमती
२०८३ कात्तिक १७ गते ११:३७

२१६ घण्टापछि दुई जीवित उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा अझै खोजी जारी

भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्…

बागमती
२०८३ कात्तिक १७ गते ११:३७

१०९ किलो गाँजा र भारतीय नम्बर प्लेटको कार: सीमापारिको तस्करीमा कसको संरक्षण?

सुमन पर्कुटी परिचय: लालबन्दीको सडकमा पक्राउ परेका तस्कर र मौन प्रशासन सर्लाहीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *