Connect With Us
विचार

कुर्सी जोगाउने खेलमा सिंहदरबार मस्त, जनता सडकमै अस्तव्यस्त: कसका लागि हो यो व्यवस्था?

1 min read 94

काठमाडौं — देशका विभिन्न भागमा सामाजिक सद्भाव भत्किएर नागरिकहरूले ज्यान गुमाउँदा, घरबार छोडेर कफर््युको लाठीमुनि बस्नुपर्दा सिंहदरबारको ऐशआराम र कुर्सीको लुछाचुडी एक इञ्च पनि घटेको छैन। नेताहरू भाषणमा ‘राष्ट्रिय एकता’ को मन्त्र फुक्छन्, तर यथार्थ के हो भने जबसम्म आगो जनताको घरमा बल्छ, तबसम्म सत्ताका हर्ताकर्ताहरूलाई त्यसको रापले छुँदै छुँदैन।

केही दिनयता देखिएका उत्तेजना र तनावहरूलाई सतही रूपमा हेरेर केवल ‘दुई समुदाय वा पक्षबीचको झडप’ मात्रै भन्नu जनतालाई ढाट्नु बाहेक केही होइन। यसको जरो कहाँ छ? किन नागरिकहरूलाई उक्साउने प्रवृत्ति मौलाइरहेको छ? र, यसमा राज्यका संयन्त्रहरू किन सधैँ घटना भइसकेपछि मात्र जाग्छन्? यो गम्भीर प्रश्न आज लाखौँ नेपालीको मुखमा झुण्डिएको छ।

नेताको भाषण र जनताको लास: कहिलेसम्म चल्छ यो नौटंकी?

घटनाको राप तातेपछि विज्ञप्ति निकाल्ने, फेसबुकमा ‘संयम अपनाउनुहोस्’ भनेर मन्त्री र नेताहरूले स्ट्याटस हाल्ने प्रवृत्ति राजनीतिक संस्कृति जस्तै भइसकेको छ। तर, प्रश्न यो उठ्छ— जब राज्यका सुरक्षा निकाय र प्रशासनले समयमै सूचना पाउँदापाउँदै पनि हिंसा नियन्त्रण गर्न सक्दैनन् वा चाहँदैनन्, तब यसको नैतिक जिम्मेवारी कसले लिने?

सोझासिधा जनतालाई धर्म, जात र पहिचानको नाममा लडाएर आफ्नो राजनीतिक रोटी सेक्नेहरूको असली अनुहार अब उदाङ्ग भइसकेको छ। जब-जब देशमा आर्थिक संकट गहिरिन्छ, नागरिकहरूले रोजगारी पाउँदैनन् र दैनिक जीवन कष्टकर हुन्छ, ठीक त्यति नै बेला यस्ता संवेदनशील घटनाहरू कसरी र कसको इशारामा योजनाबद्ध तरिकाले उछालिन्छन्? यो साधारण संयोग होइन, यो सत्ता लम्ब्याउने वा ध्यान भङ्ग गर्ने पुरानो खेल हो।

असली समाधान: लाठी र कफर््यु होइन, न्याय र जनउत्तरदायित्व

गोली र कफर््युले नागरिकका भावना दबाउन सकिन्छ तर असन्तुष्टि र विभेदको आगोलाई सधैँका लागि निभाउन सकिंदैन। जबसम्म देशमा विधि र न्याय सबैका लागि समान हुँदैन, र जबसम्म नेताका छोराछोरी विदेशमा ऐश गरिरहँदा गरिबका छोराछोरी सडकमा मर्नुपर्ने अवस्था फेरिन्न, तबसम्म यस्ता कृत्रिम तनावहरू बारम्बार दोहोरिरहनेछन्।

अब जनताले बुझ्ने बेला आएको छ— कसैको उक्साहटमा लागेर आफ्नै छिमेकीविरुद्ध खुकुरी उठाउनु भनेको आफ्नै खुट्टामा बन्ञ्चरो हान्नु हो। असली शत्रु जनता होइनन्, जनतालाई भर्‍याङ बनाएर सत्ताको मोजमस्ती गर्ने ती अनुहारविहीन शासकहरू हुन्, जसले नेपालीको रगतमाथि राजनीतिक व्यापार चलाइरहेका छन्। चेतावनी स्पष्ट छ— अब सचेत नागरिकले यस्ता कुत्सित खेलहरूलाई समयमै चिन्न सकेनन् भने, भोलि देश नै नरहने खतरा भयानक रूपमा नजिकिइसकेको छ।

– सुमन पर्कुटी

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

२०८३ कात्तिक १७ गते १०:४१

विचार – स्वास्थ्य सेवामा सुधार: ग्रामीण क्षेत्रमा अस्पताल निर्माण

सरकारले दुर्गम क्षेत्रका नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले विभिन्न स्थानीय तहमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *