Connect With Us
बिजनेस

सुनको मूल्य एकैदिन तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो

1 min read 75

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य आइतबार उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ।

 

यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा आइतबार सुनको मूल्यमा ३ हजार १ सय रुपैयाँको गिरावट आएको हो।

 

यस्तै, चाँदीको मूल्यमा पनि आज कमी आएको छ। महासंघले चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ निर्धारण गरेको छ।

 

शुक्रबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ४० रुपैयाँ घटेको हो।

 

यससँगै आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। पछिल्लो मूल्य परिवर्तनसँगै बहुमूल्य धातुको कारोबार गर्ने उपभोक्ता तथा व्यवसायीका लागि आजको बजार मूल्य केही सस्तो भएको छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

बिजनेस
२०८३ कात्तिक १७ गते ११:४४

काठमाडौँ–तराई द्रुतमार्गको म्याद तीन वर्ष थप, अब २०८६ चैतसम्म बनाउनुपर्ने

काठमाडौं । काठमाडौं–तराईरमधेश द्रुतमार्ग निर्माणको म्याद तीन वर्ष थप भएको छ। गत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *