सिड्नी । पश्चिमी सिड्नीको अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ।
अस्ट्रेलिया टुडेका अनुसार अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको हो। घटनाको २४ घण्टाभन्दा कम समयमै उनलाई बर्वुड स्थानीय अदालतमा उपस्थित गराइएको थियो।
मंगलबार दिउँसो नर्मनबी रोडमा ड्राइभवेमा खेलिरहेकी बालिकालाई कारले ठक्कर दिएको थियो। गम्भीर घाइते बालिकाको वेस्टमिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
अधिकारीका वकिल ड्यानी इडले घटना अत्यन्तै दुःखद भएको र अधिकारी तनावमा रहेको बताएका छन्। अधिकारी हाल जमानतमा छन् भने आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुनेछन्। अदालतबाट आरोप पुष्टि हुन बाँकी छ।






Leave a Reply