Connect With Us
समाचार

सानेपाको ‘अफर’ नमान्ने, देउवा समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने

0 min read 57

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढाउने निर्णय गरेको छ।

सोमबार निवर्तमान सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार महाधिवेशनमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो।

संस्थापन इतर समूहले आफूहरू कुनै पदका लागि नभई पार्टीलाई जोगाउने अभियानमा रहेको भन्दै नेता उमाकान्त चौधरीले यसअघि प्रस्ताव गरेको १५औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको जनाएको छ।

बैठकपछि नेता डा। प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयबारे अनौपचारिक छलफल भएको बताए। समूहले सोमबार अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने जनाएको छ।

यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई १५औँ महाधिवेशनमा सोही हैसियतमा सहभागी गराउने निर्णय गरेको थियो।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १३:२६

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *