Connect With Us
समाचार

साउदीका वायुसेवा कम्पनीलाई पोखरा र भैरहवा विमानस्थलमा उडानको बाटो खुला

0 min read 35

काठमाडौं । नेपाल र साउदी अरबबीच द्विपक्षीय हवाई सेवा सम्झौताको अन्तिम हस्ताक्षर भएसँगै साउदीका वायुसेवा कम्पनीलाई पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न बाटो खुलेको छ।

गत १५ भदौमा भएको सम्झौताले दुवै देशका तोकिएका वायुसेवा कम्पनीलाई नियमित उडान सञ्चालनका लागि कानुनी तथा संस्थागत आधार प्रदान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

सम्झौताले नेपाल–साउदी हवाई सम्पर्क विस्तार, पर्यटन तथा यात्रु र मालवाहक सेवा विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाल साउदीका कुनै पनि वायुसेवा कम्पनीले नेपालमा सिधा उडान गरिरहेका छैनन्। नेपालले अहिलेसम्म ४२ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १६ गते १४:३४

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *