Connect With Us
समाचार

विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न आङ्देम्बेको माग

0 min read 50

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै विपद् व्यवस्थापन र समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन्।

मंगलबार सभामुखको कार्यकक्षमा भएको भेटमा आङ्देम्बेले भदौ १० गतेको विपत्तिपछि परिस्थिति फेरिएकाले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको स्वरूप परिवर्तन गर्नुपर्ने बताए। उनले संसद्को अभिन्न अंग भएकाले प्रश्नोत्तर कार्यक्रम तत्काल सुरु गर्न सभामुखसँग आग्रह गरेका छन्।

विपद्पछिको राहत, पुनर्स्थापना र व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्नेमा उनले जोड दिए। महिला, बालबालिका, सुत्केरी तथा प्रभावित बस्तीको अवस्थाबारे अनुगमन गर्न समिति आवश्यक रहेको उनको भनाइ छ।

राहत तथा सहयोग पारदर्शी रूपमा परिचालन गर्न र राज्यको पहुँच नपुगेका ठाउँमा समन्वय गर्न समितिले सहयोग गर्ने उनले बताए।

भेटमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय महासभा भ्रमणबारे पनि छलफल भएको थियो। महासभामा छोटो समय मात्र बोल्न पाइने भएकाले साइड वार्तामार्फत नेपालको विषय प्रभावकारी रूपमा उठाउनुपर्ने आङ्देम्बेको सुझाव छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १३:५६

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *