मधेसलाई जात, धर्म र भूगोलका नाममा विभाजित गरेर द्वन्द्वको मैदान बनाउन नहुने भन्दै रास्वपा सांसद डा। अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन्।
जनकपुरमा बोल्दै उनले अबको राजनीति एकता र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताए।
छठपछि झापाको भद्रपुरबाट सुरु हुने पदयात्रा गाडी वा रथमा होइन, पैदलै गर्ने उनको तयारी छ।
गाउँ–गाउँ र टोल–टोल पुगेर भाषणभन्दा जनताको कुरा बढी सुन्ने सिंहले बताएका छन्।
यात्रामा युवाको विदेश पलायन, किसान–मजदुर, व्यापारी, सीमावर्ती क्षेत्र, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइका समस्याबारे जनतासँग प्रत्यक्ष संवाद गरिनेछ।
मधेसको विकासका लागि कोशी र गण्डकको पानी सिँचाइमा प्रयोग गर्नुपर्ने तथा सरकारी शिक्षा र स्वास्थ्य सेवा सुधार्नुपर्ने उनको जोड छ।






Leave a Reply