काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूको उपस्थिति न्यून देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना सांसदको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत तालिका निर्धारण गरेको छ।
संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार रास्वपाले सांसदहरूलाई चार समूहमा विभाजन गरेको छ। असोज ८ गते समूह ३, ४ र १, असोज १२ गते समूह १ र २ तथा असोज १३ गते समूह २ र ३ का सांसदको अनिवार्य उपस्थिति तोकिएको छ।
त्यस्तै, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसद बैठकमा अनिवार्य उपस्थित हुनुपर्नेछ।
तोकिएको दिन सम्बन्धित सांसदलाई बैठक सुरु भएदेखि अन्त्यसम्म उपस्थित भई छलफलमा सक्रिय सहभागिता जनाउन निर्देशन दिइएको छ। विधेयक वा प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा भने सबै तोकिएका सांसद अनिवार्य उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।






Leave a Reply