Connect With Us
समाचार

रसुवा बाढीपीडितले बीमाको अग्रिम भुक्तानी पाउने सम्भावना

0 min read 27

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट क्षति भएका बीमितले बीमा दाबीको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी पाउन सक्ने देखिएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार ‘बीमा दाबी भुक्तानी मार्गदर्शन २०८१’ ले अनुमानित दायित्वको बढीमा ५० प्रतिशतसम्म अग्रिम रकम दिन सक्ने व्यवस्था गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले आवश्यक प्रक्रिया पूरा भएमा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी गर्न सक्ने बताएका छन्। सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेमा प्रक्रिया अझ सहज हुने उनको भनाइ छ।

रसुवा बाढीबाट जलविद्युत् आयोजना, आयोजनासम्म पुग्ने सडक, मोटर तथा अन्य सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। तर वास्तविक क्षतिको विवरण भने अझै संकलन भइरहेको बीमकहरूले बताएका छन्।

क्षतिको मूल्याङ्कनपछि मात्रै कुन बीमाले कति रकम पाउने भन्ने यकिन हुनेछ।

यसअघि जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा पनि सरकारले निर्णय गरेपछि बीमा कम्पनीहरूले बीमितलाई ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिएका थिए।

अब रसुवा बाढीबाट प्रभावित बीमितले पनि त्यस्तै राहत पाउने हुन् कि होइनन् भन्ने विषयमा बीमा कम्पनी र सरकारको निर्णय महत्वपूर्ण हुने देखिएको छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १७:७

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *