दिल्लीको राजनीतिक मैदानमा पछिल्लो १० दिनमा जुन घटनाक्रम देखिए, त्यसले केन्द्र सरकारको सातो खाएको थियो। सोनम वाङचुकको गिरफ्तारीदेखि शिक्षामन्त्रीको राजीनामासम्मको यो १० दिने अवधि भारतीय राजनीतिमा ठूलो टर्निङ पोइन्ट बनेको छ।
यस राजनीतिक उथलपुथलका प्रमुख कारण र घटनाक्रमहरूलाई यसरी बुझ्न सकिन्छ:
युवा भोटर गुम्ने ठूलो त्रास: सन् २०२७ मा उत्तर प्रदेशलगायतका राज्यहरूमा हुने विधानसभा चुनावलाई लक्षित गर्दै सरकार दबाबमा थियो। सन् २०१४ यता १८ देखि २५ वर्ष उमेर समूहका करिब ४० प्रतिशत युवाले निरन्तर बीजेपीलाई मत दिँदै आएकाले यो बलियो भोट बैंक भड्किने डर सरकारलाई थियो।
आरएसएस र एबीवीपीको दबाब: सत्ताधारी दलको मुख्य आधार मानिने विद्यार्थी संगठनहरूमा युवा आक्रोश फैलिने र त्यसले आफ्नो सम्पूर्ण इकोसिस्टमलाई नै तहसनहस पार्ने चिन्ता आरएसएसलाई थियो। यसैबीच, आरएसएस प्रमुख मोहन भागवतले ‘नयाँ पुस्ताले प्रश्न सोध्छ, उनीहरूसँग संवाद गर्नुपर्छ’ भनी दिएको अभिव्यक्तिले सरकारलाई थप नैतिक दबाबमा पारेको थियो।
छिमेकी देशका आन्दोलनको त्रास: बंगलादेश, नेपाल र श्रीलंका जस्ता छिमेकी देशहरूमा विद्यार्थी आन्दोलनकै आँधीबेहरीका कारण ठूला सरकारहरू ढलेका ताजा इतिहाससामु थिए। पूर्वमन्त्री प्रधानले आफ्नो राजीनामा पत्रमा ‘विघटनकारी शक्तिहरू’को प्रसंग झिक्नुले पनि सरकार विद्यार्थी विद्रोहदेखि कतिसम्म त्रसित थियो भन्ने प्रष्ट पार्छ।
१० दिनमा बदलिएको नाटकीय राजनीतिक चित्र:
१८ जुलाई: दिल्ली प्रहरीले जन्तरमन्तरमा भोक हड्ताल गरिरहेका लद्दाखका अभियन्ता सोनम वाङचुकलाई बिहानै जबरजस्ती अस्पताल पुर्यायो, जसले आन्दोलनमा थप जनसागर उर्लियो।
२० जुलाई: प्रदर्शनकारीको संसद् मार्चमा प्रहरीले बर्बर लाठीचार्ज र अश्रुग्यास हान्यो। विद्यार्थी घाइते भएका भिडियोहरू भाइरल भएपछि राहुल गान्धीसहितका विपक्षी नेताहरूले सरकारविरुद्ध कडा मोर्चा खोले।
२१ जुलाई: राहुल र प्रियंका गान्धीसहितका नेताहरू प्रधानमन्त्री निवासअगाडि धर्नामा उत्रिए भने अमेरिका र बेलायतसम्मका भारतीय विद्यार्थीले आन्दोलनमा ऐक्यबद्धता जनाए।
२२–२४ जुलाई: चौतर्फी दबाबपछि मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंह वाङचुकलाई भेट्न अस्पताल पुगे। सरकारले पेपर लीकविरुद्ध १० करोड जरिवाना र १० वर्ष जेल सजाय हुने कडा कानुन ल्याउने घोषणा गरेपछि वाङचुकले आफ्नो २६ औं दिनको अनशन ताने।
युवा आन्दोलनको ज्वाला र १० दिनमै ढलेको मन्त्रीको कुर्सी: भित्री कथा जसले दिल्लीलाई हल्सायो

अम्बिका खड्का
अथाह TV HD
Recent Posts
२०८३ कात्तिक १७ गते १०:५७
रुसले नेपालसहित ४७ देशका नागरिकलाई युद्धमा प्रयोग गरिरहेको जेलेन्स्कीको आरोप
काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले नेपाल र भारतसहित ४७ देशका…
२०८३ कात्तिक १७ गते १०:५७
इरानी तेल किन्ने देशलाई अमेरिकाको चेतावनी, चीनमाथि बढ्यो दबाब
न्युयोर्क । अमेरिकाले इरानबाट तेल खरिद गर्ने देशमाथि आर्थिक प्रतिबन्ध लगाउने चेतावनी…
२०८३ कात्तिक १७ गते १०:५७
ट्रम्पको स्वास्थ्यमा फेरि प्रश्न, बढ्दो तौलले थपियो चिन्ता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाई लिएर पछिल्लो समय उठिरहेका प्रश्नमा…





Leave a Reply