Connect With Us
समाचार

महासङ्घको चेतावनी: असहमति मेट्ने बाटो हिंसा होइन, संयमता र संवाद हो

1 min read 67

सुमन पुर्कुटी
काठमाडौं, साउन १४

    1. ​सुनसरीको देवानगन्जबाट विष्फोटित भई देशका विभिन्न स्थानमा फैलिएको अशान्तिको घटनाक्रमप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ। नागरिकको जीवन, सम्पत्ति र मौलिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो सर्त भए पनि वर्तमान परिस्थितिमा देखिएको हुलदङ्गा र तनावले समाजलाई गम्भीर जोखिममा धकेलेको महासङ्घले ठहर गरेको छ।
      ​महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा कुनै पनि प्रकारको विवाद वा असहमति समाधान गर्ने बाटो तोडफोड, हिंसा, प्रतिशोध वा द्वेष नभई संविधान, कानुनी प्रक्रिया र संवाद मात्रै भएको प्रष्ट पारिएको छ।
      ​’अफवाह र उत्तेजनात्मक प्रचारबाट टाढा रहनुस्’
      ​अहिलेको संवेदनशील घडीमा समाजलाई थप भड्काउने र विभाजित गर्ने खालका गतिविधिहरू बढेकोप्रति महासङ्घले कडा आपत्ति जनाएको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्दै फैलाइने भ्रमपूर्ण, अपुष्ट र घृणास्पद सामग्रीहरूले आगोमा घ्यू थप्ने काम गरिरहेको भन्दै महासङ्घले सबै राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज र आम नागरिकलाई संयमताको अति उच्च परिचय दिन अपिल गरेको छ।
      ​सञ्चार क्षेत्रको काँधमा भारी जिम्मेवारी
      ​यस्तो सङ्कटपूर्ण परिस्थितिमा पत्रकार र सञ्चार माध्यमहरूको भूमिका झनै पेचिलो र संवेदनशील बनेको महासङ्घको निष्कर्ष छ। सनसनीपूर्ण वा उत्तेजना फैलाउने समाचारभन्दा पनि सत्य, तथ्य, सन्तुलित र विश्वसनीय सूचना सम्प्रेषणमार्फत मात्रै सामाजिक सद्भाव र नागरिकको विश्वास जोगाउन सकिनेमा महासङ्घले जोड दिएको छ।
      ​”सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई उच्च व्यावसायिक आचरण, पत्रकारिताका स्थापित मान्यता र आचारसंहिताको पूर्ण पालना गर्दै आफ्नो पेसागत दायित्व निर्वाह गर्न महासङ्घ आग्रह गर्दछ।”
      ​मधेस लगायतका क्षेत्रमा देखिएको यो तनावलाई साम्य पार्न र धार्मिक तथा सामाजिक सहिष्णुता जोगाउन अब सबै पक्षले आ-आफ्नो ठाउँबाट विवेक प्रयोग गर्नुपर्ने बेला आएको छ।
Tags: politics

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १६ गते १०:२

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *