Connect With Us
समाचार

बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि पद्म ज्योति समूहले दियो १ करोड

0 min read 23

काठमाडौं । बाढीका कारण प्रभावित भएका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि पद्म ज्योति समूहले १ करोड रुपैयाँ सहयोग गरेको छ।

समूहले बाढीपीडितका लागि सहयोग जुटाउने अभियानअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गरेको हो।

समूहले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ।

पछिल्लो समय बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा प्रभावित क्षेत्रको पुनर्स्थापनामा सहयोग आवश्यक देखिएको छ। यही उद्देश्यलाई ध्यानमा राख्दै आफ्नो तर्फबाट सहयोग उपलब्ध गराइएको पद्म ज्योति समूहले जनाएको छ।

समूहका अनुसार उक्त सहयोग बाढी प्रभावितहरूको राहत, उद्धारपछिको व्यवस्थापन तथा पुनर्स्थापनाका काममा उपयोग हुने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

विपद्को समयमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सरकारी संयन्त्रसँगै निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट समेत सहयोग जुट्ने क्रम जारी छ। पद्म ज्योति समूहको यो सहयोग पनि त्यही प्रयासको हिस्सा बनेको छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १४:१

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *