Connect With Us
समाचार

बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

0 min read 40

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक स्तरोन्नतिका क्रममा घटना भएको हो। लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका थिए।

मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्। घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

AthahaHd

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १६ गते १०:२

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *