Connect With Us
समाचार

धमाधम लालपुर्जा बाँड्दै बालेन सरकार, सुकुम्बासीजग्गाधनी बन्ने अभियान तीव्र, तपाईँको पालो कहिले?

0 min read 41

बालेन नेतृत्वको सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी बनाउने अभियानलाई तीव्र बनाएको छ। यही अभियानअन्तर्गत झापाका २६ परिवारले लामो प्रतीक्षापछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण गरेको हो।

२०४७ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका उनीहरू लामो समयसम्म जग्गाको कानुनी स्वामित्वबाट वञ्चित थिए। लालपुर्जा पाएसँगै उनीहरू आफ्नो बसोबास गरिरहेको जग्गाको कानुनी रूपमा जग्गाधनी बनेका छन्।

समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवास र केही कृषि प्रयोजनका लागि छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य लिएको छ। त्यसैअनुसार विभिन्न जिल्लामा लालपुर्जा वितरणलाई प्रभावकारी बनाउँदै लगिएको समितिले जनाएको छ।

AthahaHd

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १२:३३

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *