‘चाची’ नामले परिचित धनुषाको विदेह नगरपालिका–दुहबीकी ६७ वर्षीया हीरादेवी महासेठलाई भारतीय प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
एसएसबी र बिहार प्रहरीको संयुक्त टोलीले मंगलबार राति सीमा स्तम्भ नम्बर २७७र४६ बाट करिब १० मिटर भारतीय भूमितर्फ उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
भारतीय प्रहरीका अनुसार महासेठविरुद्ध तस्करीलगायत आरोपमा विभिन्न ठाउँमा मुद्दा दर्ता छन्। उनीमाथि लागूऔषध, नक्कली भारतीय नोट तथा प्रतिबन्धित वस्तुको तस्करीसँग सम्बन्धित मुद्दा रहेको प्रहरीको दाबी छ।
उनका श्रीमान् भरत र छोरा राजीवमाथि समेत यस्तै प्रकृतिका मुद्दा रहेको बताइएको छ। भारतीय प्रहरीका अनुसार महासेठ परिवारविरुद्ध बिहारका विभिन्न प्रहरी कार्यालयमा सातभन्दा बढी एफआईआर दर्ता छन्।
प्रहरीले ‘चाची’लाई लामो समयदेखि निगरानीमा राखेको र पक्राउपछि सीमापार तस्करीको सम्भावित नेटवर्कबारे अनुसन्धान अघि बढाइएको जनाएको छ।






Leave a Reply