त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच तनावको स्थिति बनेको छ। झापाबाट काठमाडौं फर्किएका प्रसाईँलाई विमानस्थल परिसरमा पत्रकारसँग ‘बाइट’ दिन प्रहरीले रोक लगाएपछि विवाद भएको हो। त्यसपछि प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध चर्को नाराबाजी गर्दै आफ्ना सहयोगीसहित विमानस्थलबाट बाहिरिए ।
प्रसाईँले ‘बालेन चोर’ र गृहमन्त्री गुरुङलाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिए। उनले प्रहरीमाथि प्रश्न गर्दै संसद् भवन र सिंहदरबार जलाइँदा प्रहरी कहाँ थियो भन्दै आक्रोशसमेत पोखेका छन् ।
यसक्रममा प्रहरी र प्रसाईँका समर्थकबीच घम्साघम्सी भएपछि नागरिक बचाउ महाअभियानका बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।अभियानका नेता माधव खतिवडाले भने प्रसाईँको अभिव्यक्ति स्वतन्त्रता खोसेर प्रहरीले दमन गरेको आरोप लगाएका छन्।
तर काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले भने प्रसाईँलाई पक्राउ नगरिएको, बरु विमानस्थलबाट सुरक्षित रूपमा घर पठाइएको दाबी गरेका छन्।






Leave a Reply