Connect With Us
गण्डकी

गण्डकीमा फेरि मन्त्री थपिँदै, फणीन्द्र देवकोटा आज शपथ लिँदै

0 min read 33

पोखरा । गण्डकी प्रदेश सरकारमा आज नयाँ मन्त्री थपिने भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

देवकोटालाई आज बिहान साढे ११ बजे शपथ गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। यद्यपि, उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो भने भइसकेको छैन।

हाल गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, भूमि व्यवस्था कृषि तथा सहकारी, स्वास्थ्य तथा उद्योग तथा पर्यटन मन्त्रालय रिक्त छन्।

देवकोटा यसअघि गण्डकी सरकारमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री थिए। जेनजी आन्दोलनपछि उनले पदबाट राजीनामा दिएका थिए। सरकारबाट बाहिरिए पनि उनले मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका थिए।

यसैबीच, केन्द्रमा भएको निर्णयपछि एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि गण्डकी सरकारमा रिक्त रहेका मन्त्रालयमध्ये एउटामा देवकोटालाई पुनः जिम्मेवारी दिन लागिएको हो।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

गण्डकी
२०८३ कात्तिक १६ गते १०:२

गण्डकी प्रदेश: प्रदेशसभा बैठकमा जोडदार माग: स्वास्थ्य सेवामा सुधार

गण्डकी प्रदेशमा प्रदेशसभा बैठकमा जोडदार माग: स्वास्थ्य सेवामा सुधार। यसले प्रदेशको विकासमा…

गण्डकी
२०८३ कात्तिक १६ गते १०:२

गण्डकी प्रदेश: प्रदेशको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता

गण्डकी प्रदेशमा प्रदेशको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता। यसले प्रदेशको विकासमा महत्वपूर्ण योगदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *