Connect With Us
समाचार

कृष्णभिरमा नयाँ ट्र्याक निर्माणको काम सम्पन्न, तीन दिनभित्र सडक सञ्चालनमा ल्याउने तयारी

1 min read 23

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको नागढुङ्गा–मुग्लिङ सडकअन्तर्गत कृष्णभीर खण्ड तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण गर्ने काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सबग्रेड तयार पार्ने काम भइरहेको छ।

सडक निर्माणलाई तीव्रता दिन आवश्यकताअनुसार निर्माण उपकरण र जनशक्ति परिचालन गरिएको छ। शनिबार पहरो काट्ने काम सकिएपछि अहिले दुई वटा बुलडोजर र दुई वटा एक्साभेटर प्रयोग गरी सडकको ग्रेड सुधार भइरहेको छ।

ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम सुरु गरिनेछ। सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई–तीन दिन लाग्ने अनुमान गरिएको छ।

त्यसपछि दुई–तीन दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालन गर्ने तयारी रहेको योजना प्रमुख अधिकारीले बताएकी छन्।

 

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १७:५

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *