Connect With Us
समाचार

कटारीमा टिपर सञ्चालनमा लगाइएको रोकको विरोध, सडक अवरुद्ध गर्दै प्रदर्शन

0 min read 36

उदयपुरको कटारी क्षेत्रमा टिपर सञ्चालनमा लगाइएको रोकको विरोधमा व्यवसायीहरूले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। व्यवसायीहरूले मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्डमा टिपर तेर्स्याएर आवागमन प्रभावित पारेका हुन्।

सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने टिपर सञ्चालनलाई लिएर स्थानीयवासी र व्यवसायीबीच विवाद बढेपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले कानुनी र व्यवस्थित रूपमा टिपर सञ्चालन गर्न दिनुपर्ने, चुनढुंगा ढुवानी नरोक्नुपर्ने तथा आफ्नो लगानी र रोजगारी संरक्षण गर्नुपर्ने माग गरेका छन्।

यसअघि पनि कटारी–४ सिम्ले बजारमा टिपर व्यवसायीले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। स्थानीयवासीले भने बस्ती हुँदै भारी टिपर सञ्चालन गर्दा सडक, वातावरण र जनजीवन प्रभावित भएको भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न माग गर्दै आएका छन्। उनीहरूले मरुवा–नैनखाडी–आहाले सडक प्रयोग गर्नुपर्ने बताएका छन्। प्रदर्शनका कारण कटारी बजार प्रवेश गर्ने सडकमा समेत आवागमन प्रभावित भएको छ।

AthahaHd

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १०:५६

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *