काठमाडौं । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा प्रस्तुत दुईवटा प्रतिवेदनमा सहमति जुट्न सकेन।
काभ्रेको बल्थलीमा दुई दिन बसेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई एउटै बनाउने प्रयास गरे पनि सहमति हुन नसकेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।
कार्यदलका सदस्य सचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्नुपर्ने उल्लेख थियो। उक्त प्रतिवेदनमा ओली असन्तुष्ट भएपछि कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले अर्को प्रतिवेदन तयार पारेका थिए।
दुवै प्रतिवेदनलाई समेटेर एउटै प्रतिवेदन बनाउने जिम्मेवारी अब संयोजक बादल, सदस्य विष्णुप्रसाद पौडेल र सदस्य सचिव पोखरेललाई दिइएको बस्नेतले बताए।






Leave a Reply