काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ। मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। बुधबार सुन प्रतिऔंस ४ हजार ३ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।






Leave a Reply