Connect With Us
समाचार

आजदेखि हजारको नयाँ नोट, फेरियो रंग, थपियो जुम्ल्याहा हात्ती, अरु के के फेरियो?

0 min read 45

दशैंको मुखमा आजदेखि फेरियो हजारको नोट, दुर्लभ मानिएका जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र, दृष्टिविहीनले पनि छामेरै चिन्न सक्ने, रंगदेखि सुरक्षणसम्म नयाँ नोटका नयाँ विशेषता—हेर्नुहोस् के के थपियो के के हटाइयो?

नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। ‘सिरिज २०२५’ नाम दिइएको नयाँ नोट साविककै आकारमा भए पनि रंग परिवर्तन गरिएको छ। नोटमा बैजनी घेराभित्र फिक्का हरियो रंग प्रयोग गरिएको छ।

नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँस र ‘१०००’ अंकित पानीछाप तथा दृष्टिविहीनले स्पर्शबाट पहिचान गर्न सक्ने रोमन अक्षर ‘एम’ र तेर्सा रेखा राखिएका छन्।

त्यस्तै, ढल्काउँदा रंग परिवर्तन हुने भगवतीको चित्र र चलायमान सुरक्षण धागो राखिएको छ। नोटमा राष्ट्र बैंकका गभर्नर प्रा। डा। विश्वनाथ पौडेलको दस्तखत छ।

पृष्ठभागमा दुर्लभ मानिएका जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र, सात प्रदेशलाई जनाउने सात लालीगुराँस र हनुमानढोकाको ऐतिहासिक थामको आकृति राखिएको छ।

नयाँ नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको छ। यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइएको १ हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८२००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

AthahaHd

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १२:४६

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *