Connect With Us
समाचार

भोटेकोशी विपत्तिपछि तीनै तहका सरकार पुनर्निर्माणमा जुटेका छन् : मुख्यमन्त्री थापा

0 min read 49

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढीबाट भएको विपत्तिपछि तीनै तहका सरकार उद्धार, पुनर्स्थापना र पुनर्निर्माणमा एकजुट भएर लागेको बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ स्थानीय तह प्रभावित भएको जानकारी दिए। उनका अनुसार विपत्तिमा एक हजार ३९४ जनाको शव फेला परेको र सात हजारभन्दा बढी बेपत्ता छन्।

बाढीबाट आठ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको तथा ४० भन्दा बढी पक्की र झोलुङ्गे पुल ध्वस्त भएको उनले बताए। त्यस्तै, ६ हजार ५०० भन्दा बढी घर तथा बस्ती बगेको उनको भनाइ छ।

रसुवाको धुन्चे, स्याफ्रुबेँसी, टिमुरे र उत्तरगयाको बेत्रावतीलगायत क्षेत्रमा तत्काल बस्ती बसाउन सक्ने अवस्था नरहेको मुख्यमन्त्री थापाले बताए।

प्रदेश सरकारले पुनर्निर्माणका लागि रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ र चितवनलाई ५०–५० लाख रुपैयाँ स्थानीय तहमार्फत खर्च गर्ने गरी बजेट विनियोजन गरेको उनले जानकारी दिए।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १६ गते ११:५३

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *