काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम र पद दुरुपयोग गरी वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले चौलागाईंसँगै दोलखाकी बालिका सिवाकोटीलाई पनि पक्राउ गरेको छ। उनीहरूले इजरायलमा केयर गिभरको रोजगारीमा पठाइदिने भन्दै १५६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
आरोपीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमार्फत मन्त्रिपरिषद्बाट निर्णय गराएर इजरायल पठाइदिने भन्दै पीडितलाई विश्वासमा पारेको प्रहरीले जनाएको छ। सिवाकोटीले आफूले उठाएको रकममध्ये डेढ करोड रुपैयाँ चौलागाईंलाई दिएको बयान दिएको प्रहरीले जनाएको छ।
चौलागाईंले भने रकम ऋणबापत लिएको दाबी गरेका छन्। दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।






Leave a Reply