‘ग्रे जोन’ को नेपालसम्बन्धी रिपोर्ट शेयर गरेपछि बालेनको आँखामा बिझाए राजनीतिक विश्लेषक भरत दाहाल, प्रधानमन्त्रीको सचिवालले बारम्बार दबाब दिएपछि चिया पसलबाटै पक्राउ
अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ को नेपालसम्बन्धी रिपोर्ट सामाजिक सञ्जालमा शेयर गरेको आरोपमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्।
मोरङको सुन्दरहरैचास्थित चिया पसलबाट प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो। दाहालले भदौ २७ गते ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षकमा ग्रे जोनको रिपोर्ट शेयर गरेका थिए।
उक्त रिपोर्टमा नेपालका केही नयाँ राजनीतिक नेतृत्व तथा आन्दोलनका अगुवाको अमेरिकी सहयोगमा सञ्चालित संस्था र परियोजनासँग सम्बन्ध रहेको दाबी गरिएको थियो। साइबर ब्यूरोले भने सामाजिक सञ्जालमा भ्रम र अतिरञ्जनापूर्ण सामग्री प्रस्तुत गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउका लागि एक सातादेखि प्रधानमन्त्रीको सचिवालयबाट दबाब आएको थियो। अदालतबाट शुक्रबार नै पक्राउ अनुमति आएको बताइएको छ।






Leave a Reply