काठमाडौं । देशभर मनसुनीसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण अधिकांश क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती, गण्डकीलगायतका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा चट्याङको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।






Leave a Reply