Connect With Us
समाचार

जेनजी उमेर समूहका सांसदसँग प्रधानमन्त्री बालेनको विशेष अन्तरक्रिया

0 min read 46

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले जेनजी उमेर समूहका सांसदहरूसँग शुक्रबार विशेष अन्तरक्रिया सुरु गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा विभिन्न समसामयिक विषयमा सांसदहरूसँग विचार–विमर्श भइरहेको छ।

छलफलमा मुख्यगरी नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवाका विषय समेटिएका छन्।

त्यस्तै, वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकास हासिल गर्ने विषयमा पनि बैठकमा छलफल भइरहेको छ।

प्रधानमन्त्री शाहले जेनजी पुस्ताका सांसदहरूसँग समसामयिक नीति तथा विकासका विषयमा सुझाव लिन अन्तरक्रिया आयोजना गरेको जनाइएको छ। बैठकमा सहभागी सांसदहरूले प्रविधि, रोजगारी, शिक्षा, स्वास्थ्य र वातावरणसँग सम्बन्धित विषयमा आफ्ना धारणा राखिरहेका छन्।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १४:४७

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *