Connect With Us
समाचार

बाढी प्रभावितलाई राख्न विदुर नगरपालिकाले प्रधानमन्त्री बालेनलाई देखायो ८ स्थान

0 min read 45

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई तत्काल अस्थायी बासस्थानको व्यवस्था गर्न नुवाकोटको विदुर नगरपालिकाले ८ स्थान प्रस्ताव गरेको छ। नगरपालिकाले सोमबार प्रधानमन्त्री बालेन शाहसँगको छलफलमा पुनर्स्थापना तथा पुनर्निर्माणको विस्तृत योजना पेश गरेको हो।

मेयर राजन श्रेष्ठले पेश गरेको प्रस्ताव प्रधानमन्त्री शाहले स्वीकार गर्दै संघीय सरकारले सोही आधारमा रणनीति बनाउने बताएका छन्।

विदुर नगरपालिकाले वडा नम्बर १० को वेत्रावतीका लागि सुहाँरा डाँडा, भैँसेका लागि कान्नले सेरोफेरो र एक नम्बर पुल क्षेत्रका लागि गर्खुटार प्रस्ताव गरेको छ। वडा नम्बर ७ को तुप्चे, रसोले, अक्करे र छिपीटारका लागि भित्रिनीटार तथा नेपाल विद्युत् प्राधिकरणको जग्गा प्रस्ताव गरिएको छ।

त्यस्तै, सिलट्याङ्की र बिजुराका लागि राहुलटार, त्रिशूली–ढुंगेका लागि कोलनीस्थित प्राधिकरणको जग्गा, सिमचौरका लागि धापखेत तथा देविघाटका लागि चन्द्रज्योति मावि र आयुर्वेद भवन प्रस्ताव गरिएको छ।

दीर्घकालीन रूपमा हरेक वडामा ‘एक वडा, एक पुनर्वास स्मार्ट सिटी’ अवधारणाअनुसार सुरक्षित आवास निर्माण गर्न नगरपालिकाले प्रस्ताव गरेको छ। नगरपालिकाका अनुसार बाढीबाट ३ हजार २ सय नागरिक प्रभावित भएका छन् भने १ हजार ७ सय ५० घरमा क्षति पुगेको छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १४:४७

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *