Connect With Us
समाचार

चिलिमे हाइड्रोपावरमा फसेकालाई आज साँझसम्म जिवितै उद्दार गर्न सकिने आशा

0 min read 19

काठमाडौं । चिलिमे हाइड्रोपावरको विद्युत्गृहमा फसेकाहरूको उद्धारका लागि भइरहेको खोजीमा आज साँझसम्म शुभ समाचार आउन सक्ने आशा गरिएको छ।

उद्धार प्रयासमा संलग्न सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङ हुँदै विद्युत्गृहसम्म पुग्ने क्रममा करिब ८० मिटरको दूरीमा ठूला ढुंगा र लेदोले बाटो बन्द गरेको पाइएको छ।

अहिले उद्धार टोलीले ती ठूला ढुंगा र लेदो हटाउने काम तीव्र बनाएको छ।

तर बाटो नै ढुंगा र लेदोले बन्द भएकाले त्यसको भित्री भागमा खाली स्थान हुनसक्ने अनुमान गरिएको न्यौपानेले बताएका छन्। यदि उद्धार र सुरुङ सफाइको काम सहज रूपमा अघि बढ्यो भने आज साँझसम्मै शुभ समाचार प्राप्त हुनसक्ने उनको आशा छ।

उनले सबैलाई सकारात्मक आशा र प्रार्थना कायम राख्न आग्रह गरेका छन्। यसअघि नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले पनि चिलिमे विद्युत्गृहमा फसेकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको बताएका थिए।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १६:४

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *