Connect With Us
समाचार

इरानलाई रूसको गोप्य सैन्य सहयोग ? सुपरसोनिक क्षेप्यास्त्र विकासमा सहकार्यको दाबी

0 min read 25

काठमाडौं । इरानले ध्वनीको गतिभन्दा तीव्र गतिमा उड्न सक्ने क्रुज क्षेप्यास्त्र विकास गरिरहेको र त्यसका लागि रूसबाट गोप्य सैन्य प्रविधि तथा प्राविधिक सहयोग प्राप्त गरिरहेको दाबी सार्वजनिक भएको छ।

बेलायती सञ्चारमाध्यम फाइनान्सियल टाइम्स का अनुसार रूसले इरानको ‘सी४३० एल’ नाम दिइएको बहुवर्षीय कार्यक्रममार्फत यस्तो क्षेप्यास्त्र विकासमा सहयोग गरिरहेको छ। यस क्रममा रूसी क्षेप्यास्त्र विशेषज्ञहरू इरान पुगेको दाबीसमेत गरिएको छ।

रिपोर्टअनुसार यो सहकार्य सन् २०२३ तिरबाट सुरु भएको थियो। चुहिएका रूसी पत्राचार, यात्रा विवरण तथा सैन्य प्रविधिसँग सम्बन्धित पेटेन्टको अध्ययनबाट कार्यक्रमबारे जानकारी बाहिर आएको बताइएको छ।

कार्यक्रमको मुख्य केन्द्र र्यामजेट प्रविधि रहेको जनाइएको छ। यस्तो प्रविधिले क्षेप्यास्त्रलाई अत्यधिक गतिमा उड्न सहयोग गर्छ। विशेषज्ञहरूका अनुसार यसबाट विकसित हुने हतियार जहाजविरुद्ध वा जमिनमा रहेका लक्ष्यमा प्रहार गर्न प्रयोग हुन सक्ने सम्भावना छ।

सुपरसोनिक क्षेप्यास्त्रको उच्च गति र कम उचाइमा उड्न सक्ने क्षमताका कारण त्यसलाई हवाई प्रतिरक्षा प्रणालीबाट समयमै पहिचान गरी रोक्न चुनौतीपूर्ण हुन सक्छ। यही कारण खाडी क्षेत्रमा यस्तो क्षमताले इरानको सैन्य प्रभाव बढाउन सक्ने विश्लेषण गरिएको छ।

तर रूसको सहयोगमा तयार भएको भनिएको यस्तो क्षेप्यास्त्र इरानले युद्धमा प्रयोग गरिसकेको प्रमाण भने अहिलेसम्म सार्वजनिक नभएको रिपोर्टमा उल्लेख छ।

यदि यो दाबी पुष्टि भयो भने, रूस–इरानबीचको सैन्य सहकार्य नयाँ स्तरमा पुगेको संकेत हुन सक्ने देखिन्छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १६ गते १६:३९

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *