Connect With Us
समाचार

नाम्सी खोलामा ढुंगा खस्यो, नयाँ पुलबाट सवारी नियमि

0 min read 21

नियमित

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी खोला पुलनजिकै सडक माथिबाट ढुंगा खसेपछि केही समयका लागि जोखिम बढेको छ।

बिहीबार बिहान पुल आसपासको भिरबाट स–साना ढुंगा सडकमा खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सडकमा खसेका ढुंगा हटाएर बाटो सहज बनाउने काम अघि बढाइएको छ।

पुरानो सडकतर्फ ढुंगा खसे पनि नयाँ पुलबाट भने सवारीसाधनको आवागमन नियमित रहेको कार्यालयले जनाएको छ। त्यसैले यात्रुहरू सडकमै अलपत्र पर्ने अवस्था नरहेको बताइएको छ।

तर, माथिबाट पुनः ढुंगा खस्न सक्ने सम्भावना रहेकाले यो सडक प्रयोग गर्ने चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

सडकको अवस्था बुझेर मात्रै अघि बढ्नुहोस्—गन्तव्यभन्दा पहिले यात्राको सुरक्षा महत्त्वपूर्ण छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १६:४

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *