अमेरिकाले इरानमाथि हवाई हमला गरेपछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल प्रहार गरेको छ।
अमेरिकी सेनाका अनुसार हर्मुज जलमार्गमा इरानले विस्फोटक पदार्थ राख्ने तयारी गरेको देखिएपछि इरानको लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण प्रणालीलाई लक्षित गरी हवाई हमला गरिएको हो।
इरानसँग निकट मानिने तस्निम समाचार एजेन्सीका अनुसार अमेरिकी ड्रोन हमलामा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन्।
अमेरिकी हमलापछि इरानले जवाफी कारबाही गरेको बताइएको छ। अमेरिकी अधिकारीका अनुसार इरानबाट जोर्डनस्थित अमेरिकी सैन्य अड्डातर्फ कैयौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भए।
तर तीमध्ये कुनै पनि मिसाइल अमेरिकी सैन्य अड्डामा नखसेको र अमेरिकी सैनिकमा क्षति वा हताहती नभएको बताइएको छ।
जोर्डनको सेनाले भने इरानबाट प्रहार गरिएका आठवटा मिसाइल हवाई प्रतिरक्षा प्रणालीमार्फत रोकिएको जनाएको छ।
हर्मुज जलमार्ग विश्वकै महत्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्गमध्ये एक हो। यहाँ बढ्ने सैन्य तनावले तेल आपूर्ति र विश्वव्यापी व्यापारमा समेत असर पार्न सक्ने चिन्ता छ।
अमेरिका र इरानबीचको पछिल्लो सैन्य गतिविधिले हर्मुज क्षेत्रमा तनाव फेरि चर्किन सक्ने संकेत देखि
एको छ।






Leave a Reply