Connect With Us
कर्णाली

कर्णालीमा आजै नेकपाबाट ३ मन्त्री थपिँदै, शपथको तयारी

0 min read 48

सुर्खेत । कर्णाली प्रदेश सरकारमा आज सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन जना नयाँ मन्त्री थपिने भएका छन्। मन्त्रालय बाँडफाँटमा भएको सहमतिअनुसार नेकपाले पाएका तीनै मन्त्रालयमा आजै मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।

नेकपा र नेकपा एमालेबीच भएको सहमतिअनुसार भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय नेकपाको भागमा परेको हो।

तीनै मन्त्रीको शपथका लागि आज बिहान ११ बजेको समय माग गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। तर, शपथको तयारी भइरहँदा पनि मन्त्री बन्ने व्यक्तिहरूको अन्तिम नाम भने अझै सार्वजनिक गरिएको छैन।

प्रदेश प्रमुखको कार्यालयका हिरालाल चौधरीका अनुसार शपथका लागि समय मागिए पनि मन्त्रीहरूको नामसहितको औपचारिक सूची अहिलेसम्म प्राप्त भएको छैन।

नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले पनि आजै पार्टीबाट तीन मन्त्री नियुक्त हुने पुष्टि गरेका छन्। यद्यपि उनले मन्त्री बन्ने व्यक्तिहरूको नाम भने खुलाउन चाहेनन्।

यसबीच विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम सम्भावित मन्त्रीका रूपमा चर्चामा छ। यद्यपि अन्तिम निर्णय र औपचारिक सूची सार्वजनिक भएपछि मात्रै को कुन मन्त्रालयको जिम्मेवारीमा जाने भन्ने टुंगो लाग्नेछ।

तीन मन्त्री थपिएसँगै कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दलबीचको शक्ति सन्तुलन र मन्त्रालयगत जिम्मेवारी पनि थप स्पष्ट हुने देखिएको छ।

अब मुख्य चासो भनेको ११ बजे हुने भनिएको शपथमा को–को मन्त्रीका रूपमा प्रवेश गर्छन् र कुन मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्छ भन्नेमा छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

कर्णाली
२०८३ कात्तिक १७ गते १२:४१

कर्णाली प्रदेश: स्थानीय पूर्वाधार विकासमा प्रदेश सरकारको जोड

कर्णाली प्रदेशमा स्थानीय पूर्वाधार विकासमा प्रदेश सरकारको जोड। यसले प्रदेशको विकासमा महत्वपूर्ण…

२०८३ कात्तिक १७ गते १२:४१

कर्णाली प्रदेश: प्रदेशसभा बैठकमा जोडदार माग: स्वास्थ्य सेवामा सुधार

कर्णाली प्रदेशमा प्रदेशसभा बैठकमा जोडदार माग: स्वास्थ्य सेवामा सुधार। यसले प्रदेशको विकासमा…

कर्णाली
२०८३ कात्तिक १७ गते १२:४१

कर्णाली प्रदेश: प्रदेशको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता

कर्णाली प्रदेशमा प्रदेशको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता। यसले प्रदेशको विकासमा महत्वपूर्ण योगदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *