सिंहदरबारको बन्द ढोका र कांग्रेसको फेरि एकपटकको नौटंकी
आज फेरि एकपटक सिंहदरबारको बन्द कोठाभित्र नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ। दिउँसो साढे ३ बजे बस्ने भनिएको यो बैठकको आधिकारिक एजेन्डा ‘संसदमा उठाउनुपर्ने विषय र समसामयिक राजनीति’ भनिएको छ।
तर, देश बाढी-पहिरोले आक्रान्त छ, महँगीले आकाश छोएको छ, जनता सडकमा अलपत्र छन् र भ्रष्टाचारका फाइलहरू यत्तिकै थन्किएका छन्। यस्तो बेला संसदको सबैभन्दा ठूलो दल मानिने कांग्रेसलाई जनताको यो पीडाभन्दा पनि आफ्नै आन्तरिक कुर्सी र भागबन्डाको खेल मिलाउन चटारो परेको छ।
: जनताको नाममा एजेन्डा, कुर्सीका लागि रणनीति
सतहमा हेर्दा यो नियमित संसदीय दलको बैठक जस्तो लाग्न सक्छ। तर यसको भित्री पाटो निकै कुटिल छ। जब-जब देशमा संकट गहिरिन्छ वा सरकारको कुर्सी हल्लिने छाँटकाँट देखिन्छ, तब-तब यी दलहरूलाई ‘संसदीय बैठक’ को याद आउँछ।
संसदमा कुन विषय उठाउने भन्ने कुरा जनताको हितका लागि भन्दा पनि कसरी सत्तापक्षलाई गलाउने वा सत्ताको समीकरणमा आफ्नो हिस्सा पक्का गर्ने भन्ने दाउपेचमा मात्र सीमित हुन्छ। जनताको समस्या समाधान गर्नका लागि संसद्लाई प्रभावकारी बनाउने ल्याकत नभएका यी दलहरूले संसद्लाई केवल आफ्नो राजनीतिक बार्गेनिङ गर्ने अखडा मात्र बनाएका छन्।






Leave a Reply