Connect With Us
समाचार

काठमाडौंको सुन्दरीजलमा ३० किलो गाँजासहित दुई जना पक्राउ, मोटरसाइकलमा लुकाएर ल्याउँदै गर्दा समातिए

0 min read 35

काठमाडौंको सुन्दरीजलबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। प्रहरीले सुन्दरीजल क्षेत्रबाट ३० किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

गएराति १ बजेको समयमा बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा–२ आलापोट बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेका छन्।

पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १६ गते ११:५३

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *