Connect With Us
अन्तर्राष्ट्रिय समाचार

भारतमा धर्मेन्द्र प्रधानको राजीनामा: प्रह्लाद जोशीलाई शिक्षा मन्त्रालयको नयाँ कमान

1 min read 57

भारतमा राजनीतिक तरंग ल्याएको एक ठूलो घटनाक्रममा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको औपचारिक जानकारी दिएको छ।

‘कक्रोच जनता पार्टी’ (सिजेपी) को देशव्यापी र आक्रामक प्रदर्शनपछि प्रधानले शनिबार नै आफ्नो पदबाट राजीनामा दिएका थिए। उनको राजीनामासँगै रिक्त भएको शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी अब प्रह्लाद जोशीलाई दिइएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जोशीलाई यो नयाँ जिम्मेवारी सुम्पिएका हुन्।

जोशीसँग हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि छ। अब यी सबैको अतिरिक्त उनले देशको शिक्षा मन्त्रालयको भार पनि सम्हाल्नेछन्।

उता, शिक्षामन्त्रीको राजीनामा आएसँगै आन्दोलनरत ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने घोषणा गरेको छ। शनिबार केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग भएको तेस्रो चरणको निर्णायक वार्तापछि सीजेपीले सडकमा प्रदर्शन गरिरहेका आफ्ना कार्यकर्ता तथा विद्यार्थीहरूलाई घर फर्किन अपिल गरेको छ।

सीजेपीका प्रवक्ता आशुतोष रांकाले सरकारले आफ्ना मुख्य मागहरू स्वीकार गरेको दाबी गरेका छन्। साथै, अबको चार सातापछि फेरि सरकारसँग बसेर बाँकी मागहरू र समग्र शिक्षा सुधारका विषयमा छलफल हुने उनले जानकारी दिएका छन्।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते ११:३८

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *