Connect With Us
समाचार

मन्त्रीको राजीनामा: गोपनियताको मृत्यु कि डिजिटल स्टन्ट ?

1 min read 32

राजनीतिमा धेरै कुरा लुकाइन्छ भन्छन्, तर आज बागमती प्रदेशमा जुन तमासा देखियो— त्यसले एउटा कुरा प्रष्ट पारेको छ: यहाँ कुनै पनि कुरा गोप्य छैन, सबethok खुला बजारमा बिक्रीका लागि राखिएको छ।
​बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमालेका मन्त्रीहरूको सामूहिक राजीनामा पत्र। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको टेबलमा पुग्नुअघि नै, यो पत्र सामाजिक सञ्जालमा कसरी भाइरल भयो?
​धेरैले यसलाई प्रशासनिक कमजोरी र ‘गोपनीयता चुहिएको’ (Leak) घटना भनेर सोचेका छन्। तर मेरो नजरमा, यो लाचारी होइन— यो एउटा जानीबुझी रचिएको राजनीतिक स्टन्ट हो।
​सोच्नुस् त, मन्त्रीज्यूहरूको हस्ताक्षर भएको त्यो आधिकारिक कागज, जुन मन्त्रालयको अति सुरक्षित दराज वा सचिवालयको टेबलमा हुनुपर्थ्यो, त्यो कसरी सिधै जनताको फेसबुक र न्युज पोर्टलको फिडमा आइपुग्छ? के यो लापरवाही मात्रै हो? कदापि होइन।
​आज राजनीतिमा पद जानु ठूलो पीडा होइन, तर त्योभन्दा ठूलो छटपटी ‘चर्चामा कसरी आउने’ भन्ने हुन्छ। टेबलमा बुझाउनुअघि डिजिटल मिडियामा कागजात छताछुल्ल पार्नु भनेको केन्द्रलाई दबाब दिने र पब्लिकको अटेंशन तान्ने नयाँ दाउ हो।
​जुन सरकारले एउटा कागजको टुक्रा र आफ्नै निर्णयको गोपनियता जोगाउन सक्दैन, त्यो सरकारले साढे ६ करोड जनताको कर र बागमतीका करोडौँ नागरिकको भविष्य कसरी सुरक्षित राख्छ?
​यहाँ प्रश्न मन्त्रीहरूको राजीनामाको मात्र होइन, प्रश्न यो देशको राजनीतिक संस्कारको हो, जहाँ हरेक निर्णय जनताको हितको लागि भन्दा पनि कसरी तमासा बनाउने भन्ने ध्याउन्नमा सीमित भएको छ।
​कागज त सिर्फ बाहिरिएको होइन, यहाँ त नेताहरूको जिम्मेवारी र नैतिकता आधिकारिक रूपमै बाहिर आएर लिलामी भएको छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १६ गते ११:२७

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *