Connect With Us
समाचार

राजधानीको कीर्तिपुरमा गुडिरहेको कारमा भीषण आगलागी, सिटबेल्ट बाँधेकै अवस्थामा चालकको मृत्यु

0 min read 47

राजधानीको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको निजी कारमा अचानक आगलागी हुँदा एक जना चालकको जलेर मृत्यु भएको छ।

मंगलबार ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको कारमा सो दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन पाएनन्। सिटबेल्ट बाँधेकै अवस्थामा उनी गाडीभित्रै मृत फेला परेका हुन्।

घटनाको जानकारी पाएसँगै स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। मृतक चालकको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न सकेको छैन र यस विषयमा थप अनुसन्धान भइरहेको छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १६ गते ११:२७

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *