Connect With Us
समाचार

बूढीगण्डकी बाढीले ६ पुल र ३५ घर बगायो, १० जना सम्पर्कविहीन

0 min read 53

गोरखा । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले गोरखामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले कम्तीमा १० जनालाई सम्पर्कविहीन बनाएको छ भने ६ वटा पुल र चुमनुब्री गाउँपालिकाका करिब ३५ घर बगाएको छ।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको हो।

बाढीले गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ। धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बाढीले बगाएको छ।

त्यस्तै, माछिखोला–केरौँजा, चुमनुब्रीको ठाडोभर्‍याङ–जगत र सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।

बाढीले चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगरका करिब ३५ घर बगाएको छ। जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत क्षति पुगेको छ।

athahahd

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १६ गते १०:०

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

समाचार
२०८३ कात्तिक १६ गते १०:०

मालढुङ्गा पुलको पहुँचमार्ग अवरुद्ध हुँदा बागलुङको पर्यटन र व्यापार प्रभावित

बागलुङ । मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि बागलुङको पर्यटन, व्यापार र दैनिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *